Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

केन्द्रीय बैंकमा डेपुटी गभर्नर नियुक्ति अन्यौलमा, २५ गतेबाट डेपुटी गभर्नरको अवकास हुँदै

admin २०८२ फाल्गुन ११ गते
सेयर:

बैंकिङ खबर /  केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्तिको प्रकृया अनिश्चित भएको छ । बर्तमान सरकारले नियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा अर्थमन्त्री छलफलमा छन् । निर्वाचन आचारसंहिताका कारण हालको सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्ने सम्भावना कम भएको अर्थमन्त्रालय स्रोतको भनाई छ । यस बारेमा अर्थमन्त्री रामेश्वर खनाल छलफलमा रहेको बताइएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । यसकै कारण अहिलेको सरकार आचारसंहितामा बाँधीएको छ । फागुनको २५ गते बर्तमान डेपुटी गभर्नर द्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको अवधि सकिँदै छ । पाँच वर्षे कार्यकाल सकिएपछि उनीहरु केन्द्रीय बैंकबाट अवकास हुँदैछन् । निर्वाचन आचारसंहिताका कारण वर्तमान सरकार नियुक्तिको प्रक्रियामा अलमलाएको भएपनि डेपुटी गभर्नरको लाइनमा रहेकाहरु भने नियुक्तिका लागि भेटघाटमा लागिरहेको बताइएको छ । केन्द्रीय बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जना सिनियर कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरमा नियुक्ति गर्ने गरिन्छ । त्यसका लागि केन्द्रीय बैंकका गभर्नरको सिफारीसमा ४ जनाको नाम सिफारीस भएपछि मन्त्री परिषदको बैठकले २ जनालाई डेपुटी गभर्नरको पदमा नियुक्ति गर्ने गर्दछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।