Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

१५ निर्माण व्यवसायीलाई सरकारी ठेक्का ढिलासुस्तीमा स्पष्टीकरणको अन्तिम मौका। 

२०८२ फाल्गुन ६ गते

बैंकिङ खबर / सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ। यसअघि ३० दिनको म्यादमा जवाफ नआएपछि पुन: ७ दिनको अल्टिमेटम जारी गरिएको हो। तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ। 

सूचनामा परेका व्यवसायीहरू: विकोई धुलिखेल जेभी बानेश्वर, अनुप कन्स्ट्रक्सन अछाम, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स झापा, अंसुमन निर्माण सेवा रुपन्देही, कृपा इन्जिनियरिंग कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, नागार्जुन आशिका जेभी काठमाडौं, फ्रन्टलाइन विल्डर्स एण्ड डिजाइनर्स ललितपुर, नारायण भागरथी निर्माण सेवा कैलाली, भुमिराधा बिल्डर्स विराटनगर, पन्थ तारालक्ष्मी जेभी गुल्मी, रिदम कन्स्ट्रक्सन कैलाली, केएम कन्स्ट्रक्सन धनुषा, टेक एण्ड सपना कन्स्ट्रक्सन पाँचथर, एबिसी निर्माण सेवा इलाम, गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभी धनुषा।

स्पष्टीकरण नआएमा ती कम्पनीहरू कालो सूचीमा राखिनेछन् र सरकारी ठेक्कामा भाग लिन पाउने छैनन्।