बैंकिङ खबर / आज बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रति तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० निर्धारण भएको छ र चाँदी २५ रुपैयाँले बढेर प्रति तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



