बैंकिङ खबर / नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही हप्तामा सुन-चाँदीको मूल्यमा लगातार वृद्धि भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि मूल्य तीन लाख रुपैयाँ प्रतितोलाभन्दा माथि पुगेको थियो। आजको गिरावटले खरिदकर्तालाई केही राहत दिएको व्यापारीहरूले बताएका छन्।
व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतार‑चढाव, अमेरिकी डलरको मूल्य परिवर्तन र घरेलु माग–आपूर्तिको सन्तुलनले स्थानीय बजारमा सुन-चाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
