Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आगामी आर्थिक वर्षका लागि भारतबाट नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ सहयोग।

२०८२ माघ २० गते

बैंकिङ खबर / भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपालका लागि छुट्याइने आर्थिक सहयोग रकम। भारतले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ (भारतीय ८ अर्ब रुपैयाँ) बराबरको वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

भारत सरकारबाट प्राप्त हुने यो सहयोग रकम पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका आयोजना तथा नेपाल–भारत द्विपक्षीय सहकार्य कार्यक्रमहरू मा खर्च गरिने जनाइएको छ।चालु आर्थिक वर्ष २०२५/२६ का सुरुआतमा नेपाललाई ११ अर्ब १८ करोड रुपैयाँ आर्थिक सहयोग विनियोजन गरेको थियो। पछि उक्त रकम संशोधन गर्दै १३ अर्ब २८ करोड रुपैयाँ  पुर्‍याइएको थियो।