Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन सिस्टम गर्ने काम भएको छ।

admin २०८२ माघ १२ गते
सेयर:

बैंकिङ खबर/ अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार प्रशासनमा ग्याट मूल्यांकन प्रणालीलाई डिजिटल माध्यममार्फत सञ्चालनमा ल्याइएको बताएका छन् । यसलाई भन्सार प्रशासन सुधारको महत्वपूर्ण उपलब्धिका रूपमा उनले उल्लेख गरे। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सचिव उपाध्यायले भन्सार प्रशासनलाई यथार्थपरक, पारदर्शी र विश्वासिलो बनाउने उद्देश्यले पछिल्ला सुधारका कामहरू अघि बढाइएको बताए।

उनका अनुसार ग्याट मूल्यांकनलाई अनलाइन प्रणालीसँग जोड्दा भन्सार मूल्यांकन प्रक्रिया सहज हुनुका साथै राजस्व प्रणाली थप पारदर्शी बन्दै जानेछ। यसले मूल्यांकनमा देखिँदै आएको फरकपन कम गर्ने विश्वास उनले व्यक्त गरे। सचिव उपाध्यायले छिमेकी मुलुकहरूसँग समझदारी गरेर जिएसटीसम्बन्धी विवरण आदान–प्रदान गर्ने व्यवस्था पनि सुरु गरिएको जानकारी दिए। यसले भन्सार प्रशासनलाई थप विश्वसनीय बनाउने उनको भनाइ थियो।

उनले भन्सार विभागले अघि बढाएको एकद्वार प्रणाली सकारात्मक दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै डिजिटल प्रणालीमार्फत भन्सार कार्यालयहरूबीच मूल्यांकनमा एकरूपता कायम गर्नुपर्ने आवश्यकता औंल्याए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।