Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्वरोजगार लघुवित्तद्वारा सदस्यलाई पशुफार्म भ्रमण

२०७३ पुष २२ गते

स्वरोजगार लघुवित्त बिकास बैंक ली। पनौती शाखाले आफ्ना सदस्य हरुलाई ब्यबसायिक गाईफॉर्म को स्थलगत भ्रमण गराएको छ । कृषि व्यवसायमा तथा व्यवसायिक पसुपालन सम्बन्धि चेतनाका लागि स्वरोजगारले सदस्यहरुलाई भ्रमण गराएको हो । काभ्रे को पातलेखेत स्थित गौतम गाई फॉर्म माँ आफ्ना ६० जाना सदस्यलाइ भ्रमण गराएको शाखाका शाखा प्रबंधक सुसील पौडेल ले जानकारी दिनु भयो ।

संस्थाले यसअघि पनि पटक पटक आफ्ना सदस्य हरुलाइ यस्तै अबलोकन भ्रमण र बिभिन्न तालीम हरु दिदै आएको छ । संस्था को यस्तै कार्यक्रम को कारण आफुहरु कृषि ब्यबसायमाँ सफल हुदै आएको अबलोकन भ्रमण माँ सहभागी सदस्य हरुले बताए । सो भ्रमणका अबसरमाँ आफ्ना सदस्यलाइ आगामी दिनमा अझै यस्ता तालीम र भ्रमणलार्इ बढाउदै लैजानेमा शाखा प्रबंधक पौडेलले सदस्यलाई बिस्वास दिलाएका थिए ।