Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
सहकारी

रबी लामिछाने सहकारी ठगी प्रकरण : करिव एकसय जनाले सफाई पाउने संकेत !

admin २०८२ माघ ६ गते
सेयर:

बैंकिङ खबर / सहकारी ठगीसँग जोडिएका धेरै मुद्धाहरु अदालतमा कायम छन् । कतिपय मुद्धाहरुमा जेल चलान भएर कारागारमै रहेका छन् । पछिल्लो समय रबी लामिछाने प्रकरणले धेरैको ध्यान खिचेको छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालीमा गैरकानूनी रुपमा रकम प्रवाह गरेको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दायर भएको मुद्दामा आरोपित बनाइएका सबैको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ताको स्विकृती दिएकी छन् । यस निर्णयले अरुका हकमा के हुन्छ भनेर कुराहरु उठ्न थालेका छन् । यो निर्णयपछि अब जीबी राई, छविराज जोशी, रवि लामिछानेलगायत सबैविरुद्ध सहकारी ठगीको मुद्दाका के के कुरा बाँकी रहन्छन् भन्ने कुरा धेरैको जिज्ञासामा छ । यदी यी कुराहरु संशोधन भएमा ग्यालेक्सी टिभीमा रकम प्रवाह गर्ने सहकारीहरुसँग सम्बन्धित सबै मुद्धा फिर्ता हुन सक्ने छन् । त्यसबाहेक एकसय सयभन्दा बढी आरोपितहरुले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुटकारा पाउनेछन् ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।