२०८२ माघ १ गते

बीमा रकम भुक्तानीमा कडाई, सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने !

बैंकिङ खबर /  माघ १ गतेबाट बीमा क्षेत्रको भुक्तानीमा कडाई गरिएको छ । जस अनुसार सबैखालका बिमा कम्पनीहरुको कारोबार बैंक खाताको विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणले जारी गरेको सर्कुलरमा सो कुरा उल्लेख छ । जीवन बीमा, नीर्जीवन बीमा, लघुबीमा,पुनर्बीमा र बीमा दलालहरुलाई यो नियम लागु हुने छ । माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्रै रकम जम्मा गर्नुपर्ने छ । यसरी भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गरिनुपर्ने सकुर्लरमा उल्लेख छ ।