२०८२ पुष १८ गते

सिन्धु विकास बैंकले सीइओ पदका लागि माग्यो आवेदन

बैंकिङ खबर /  सिन्धु विकास बैंकले सीइओ पदका लागि वान्टेड गरेको छ । बैंकले हाल रिक्त रहेको उक्त पोजीशनका लागि दरखास्त आह्वान गरेको हो । बैंकले एक सूचना मार्फत योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ । जस अनुसार व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। यस बाहेक चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् । २०८१ साल पुस २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका बैंकका सिइओ सुरेश देवकोटाले एक्कासी राजीनामा दिएपछि सो पद रिक्त भएको हो ।