Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अबैधानिक क्रिप्टो कारोबारमा ६ सय ६८ मुद्धा छानविनमा

२०८२ पुष १७ गते

बैंकिङ खबर/ केन्द्रीय बैंकले नेपालमा क्रिप्टो कारोबार बढेको भन्दै यस प्रति सचेत रहन भनेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको प्रतिवेदन २०२५ ले नेपालमा क्रिप्टोकरेन्सीमार्फत हुने शंकास्पद गतिविधिमा वृद्धि भएको उल्लेख छ । प्रतिवेदनले युवा पुस्ता, विद्यार्थी र जागिरे वर्ग क्रिप्टोको अबैधानिक कारोबारमा संलग्न रहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२१ देखि २०२५ को जुलाईसम्ममा कुल ६५८ वटा क्रिप्टो सम्बन्धी शंकास्पद कारोबार भएको उल्लेख छ । क्रिप्टोको खरिद–बिक्रीपछि कारोबार बेंक मार्फत देखिएको पनि केन्द्रीय बेंकले रिपोर्टमा उल्लेख गरेको छ । रिपोर्ट अनुसार ति लकारोबारहरु मध्ये ३ सय २१ वटामाथि अनुसन्धान भइरहेको छ । जस अनुसार २ सय ३२ वटा नेपाल प्रहरीले हेरीरहेको छ भने १ सय १५ वटा राजस्व अनुसन्धान विभागले हेरीरहेको mछ । प्रमाणीत भएका ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई कारबाहीका लागि जिम्मा लगाईको छ ।