बैंकिङ खबर/ महिला उद्यमी अन्जु सुवेदी लाई राप्रपाले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ। नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउने अभियानमा अग्रसर हुँदै आउनुभएको महिला उद्यमी अन्जु सुवेदीलाई राप्रपाले काठमाडौँ क्षेत्र नम्बर ८ र तेह्रथुम दुई ठाउँबाट समानुपातिकमा सिफारिस गरेको हो। अन्जु सुवेदी विभिन्न संघसंस्था, उद्यमशीलता, व्यवसायिक संस्थाहरू, लगायतमा आबद्ध हुँदै आउनुभएको छ।
साना तथा मझौला व्यवसायी महासङ्घमा समेत आबद्ध हुनुभएकी उहाँ विगत लामो समयदेखि सामाजिक क्षेत्रमा आबद्ध हुनुहुन्छ। कोभिडको समयमा स्वास्थ्य क्षेत्रमा समेत सक्रिय भएर समाजसेवा गर्नुभएकी उहाँले भूकम्पको समयमा पनि विभिन्न क्षेत्रमा सामाजिक योगदान पुर्याउनु भएको थियो बालबालिकाको क्षेत्रमा महिला उद्यमशीलताको क्षेत्रमा महिला सशक्तिकरणको क्षेत्रमा उहाँको विशेष भूमिका रहँदै आएको छ।
नेपाली महिलाहरुलाई उद्यमशीलता र व्यावसायिक क्षेत्रमा आबद्ध गराउनको लागि सीपमूलक तालिमहरू प्रदान गर्नुका साथै महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई बजार व्यवस्थापनमा समेत सहयोगी भूमिका निर्वाह निर्वाह गर्दै आउनुभएकी उहाँ महिला सशक्त नेत्रीको रूपमा समेत स्थापित हुनुहुन्छ। लामो समयदेखि राप्रपामा आबद्ध रहेर राजनीतिक यात्रा मा अग्रसर हुनुभएकी सुवेदीलाई पार्टीले उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै आसन्न निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी छनोट गरेको हो।