२०८२ पुष ६ गते

३७ हजार ८ सय साना बचतकर्ता सहकारी पीडीतले पैसा फिर्ता पाउने

बैंकिङ खबर / सरकारले करिव ३८ हजार सहकारी पीडीतलाई रकम फिर्ता दिने भएको छ । सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्ने भएको हो । एकलाख भन्दा कम रकम सहकारीमा राखेकाले आफ्नो रकम फिर्ता पाउँदा ३८ हजार सहकारी पीडीतलाई राहत हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांक अनुसार समस्याग्रस्त सहकारीमा एकलाख भन्दा कम रकम राख्ने बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना छ । यसरी एक लाख भन्दा कम रकम भएका सहकारी पीडीतको रकम मन्त्रालयले कार्यविधि बनाएर चक्रीय कोषमा सरकारले रकम राखेर वितरण गरिने छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रस्ताव सहित चक्रीय कोष निर्माण गर्ने भएको हो । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसको परिचालन कार्यविधि मार्फत हुने छ ।