२०८२ पुष ४ गते

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्

बैंकिङ खबर / सेयर खेलाडी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । सेयर कारोबारी अग्रवाललाई सीआईबीले शुक्रारबार पक्राउ गरेको हो । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेर भ्रामक सूचना फैलाएको आरोप छ ।यसअघि साउनमा पक्राउ परेर छुटेका उनी फेरि पक्राउ परेका हुन् ।