बैंकिङ खबर / अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन सम्बन्धी विषयमा छानविन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै मन्त्रालयले उक्त विषयमा छानविन गर्न भनेको हो । यसपछि धितोपत्र बोर्डले कमिटि गठन गरी सो को छानविन प्रकृया अघि बढाउने छ । रिलायन्स स्पिनिङ मिल्सको सेयर र यसको टोटल विल्डिङ प्रक्रियासँगै निस्काशन गर्ने भनिएको आइपीओका बारे मन्त्रालयले गम्भिर ध्यानाकर्षण गरेको छ । सो का बारे छानविन गरी प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्ने छ । यसअघि रिलाइस्स स्पिनिङ मिललाई बुक बिल्डिङ विवधबाट आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डले दिएको अनुमति पछि सो को सेयर मूल्यको विषयमा विवाद अदालतसम्म पुगेको थियो अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनका विषयमा छानविन गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । सो पश्चात धितोपत्र बोर्ड सेवोनको सञ्चालक समितिको बैठकले कानून मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईको संयोजकत्वमा बोर्डका सञ्चालकद्वय आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी गरी ३ सदस्य सम्मीलीत कमिटि बनाएको छ । कमिटिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न भनिएको छ ।