Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा कारोबारमा आशा लाग्दो प्रगति, मंसिरमा १ लाख ८ हजार बढी कारोबार

admin २०८२ पुष ४ गते
सेयर:

बैंकिङ खबर/ पछिल्लो महिना अर्थात चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गाको कारोबारमा विगत भन्दा केही सुधार देखिएको छ । पछिल्ला दिनहरुमा घरजग्गाको कारोबारमा सुस्तता छाएको छ । मंसिरमा भएको कारोबारले केही आशा देखाएको छ । मंसिर महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत मंसिर महिनामा १ लाख ८ हजार ८ सय ९९ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ५१ हजार ६३२ पटक लिखत रुपमा पास भइसकेका छन् । यसैगरी मंसिरमा ५५ हजार १ सया ५५ वटा जग्गाको टुक्रालाई कित्ताकाट गरेर १ लाख २१ हजार ६१८ कित्तामा विभाजन गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।