
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकवित्तलाई करप्सनमुक्त गराउनुपर्नेमा जोड दिएका छन् । वाणिज्य बैंकका सीइओहरुसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रीय बैंकको नियमन विभागको आयोजनामा गभर्नर सहितको उपस्थितिमा राष्ट्र बैंकले बैंकका सीइओहरुसँग छलफल गरेको हो । राष्ट्र बैंक नियमन विभागले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाएको थियो । छलफलका क्रममा गभर्नर डा. पौडेलले कर्जा पुनरतालीका, वित्तीय अनुशासन तथा कर्जाको पहुँच विस्तारका बारे बैंकका सिइओहरुलाई व्रिफिङ गरेका छन् । बैंकवित्तलाई करप्सनमुक्त गराउनुपर्नेमा गभर्नर पौडेलले जोड दिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकवित्तको भूमिका आर्थिक सवलिकरण तर्फ उन्मुख हुनुपर्ने बताउँदै उनले छिट्टै केन्द्रीय बैंकबाट कर्जाका बारेमा नयाँ नीति ल्याउने बताए ।
गभर्नर पौडेलले बैंकहरूबाट कर्जा प्याकेजहरुको पुनरावलोकन गर्दा उत्पादन र काम गर्ने व्यबसायीहरुलाई फोकस गर्नुपर्नेमा जोड दिए । विभिन्न क्षेत्रहरूबाट बैंकहरूको लोनका बारेमा प्रश्न उठेको हुँदा कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने उनले बताए । उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने भन्दै अहिहिलेका प्याकेजहरू डिजाइन गरेर तयार नभएको बताए । उनले कर्जाको प्रभावकारीका बारे कसैले प्रश्न उठाउन नहुनेगरी काम गर्नुपर्ने उल्लेख गरे । बैंकमा पैसा थ्रुपिएको बताउँदै कर्जा प्याकेजहरुको पुनरावलोकन भएमा बैंकहरूको प्रोडक्ट अघि बढ्ने उल्लेख गरे ।