Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

२०८२ पुष २ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वना पौडेलले वाणिज्य बैंकका सीइओहरुसँग छलफल गर्ने भएका छन् । केन्द्रीय बैंकको नियमन विभागको आयोजनामा गभर्नर सहितको उपस्थितिमा राष्ट्र बैंकले बैंकका सीइओहरुसँग छलफल गर्न लागेको हो । राष्ट्र बैंक नियमन विभागले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाएको जनाइएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा पुनरतालीका सम्बन्धि छलफल गर्न खोजेका कारण केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो । पछिल्लो समय बैंकवित्तमा अत्याधिक तरलता थुप्रिएको छ भने कालो सूचिमा पर्ने व्यबसायीहरुको संख्या बढीरहेको छ ।