Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

फेरि ४० अर्ब उठाउँदै राष्ट्र बैंक

admin २०८२ मंसिर १४ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आइतबार प्रणालीमा रहेको अतिरिक्त तरलता घटाउन ४० अर्ब रुपैयाँसम्मको निक्षेप सङ्कलन सुरु गर्ने योजना बनाएको छ। तरलता सन्तुलनमा ल्याउन बैंकले फेरि निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट रकम आकर्षित गर्न खोजेको हो।

निक्षेपका लागि अनलाइन बोलकबोल दिउँसो ३ बजे हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले १० करोड रुपैयाँदेखि प्रस्ताव सुरुवात गरी ५ करोडको गुणकमा तोकिएको सीमा भित्र दाबी गर्न पाउनेछन्।

बोलकबोल ब्याजदरमा प्रतिस्पर्धा आधारित हुने र सहभागी संस्थाले एकभन्दा बढी ब्याजदर प्रस्ताव पेश गर्न पनि सक्नेछन्। निक्षेप ३५ दिन कायम रहनेछ र यसको मूलधन तथा ब्याज पुस २० गते फिर्ता भुक्तानी गरिनेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।