Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चुचे नक्सा सहितको नयाँ नोट बजारमा आयो।

admin २०८२ मंसिर ११ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले अद्यावधिक सुरक्षा सुविधा र नयाँ डिजाइनसहितको १०० रुपैयाँ नोट बजारमा पठाएको छ। आकार र कागज जस्ताको त्यस्तै रहे पनि नोटमा सगरमाथा, लालीगुराँस, मायादेवी र संशोधित चुच्चे नक्सा समेटिएको छ।

अगाडिको भागमा सगरमाथा, लालीगुराँसको पानीछाप र नयाँ भू–सीमांकनअनुसार तयार नक्सा छ। नोटमा “नेपाल सरकारको जमानत प्राप्त १०० रुपैयाँ तुरुन्त पाइनेछ” भन्ने वाक्यसमेत छ। दृष्टिविहीनका लागि ट्याक्टाइल मार्क र रातो–हरियो देखिने सुरक्षा धागो राखिएको छ।

पछाडि एक सिंगे गैँडा, ‘Nepal Rastra Bank’, ‘Rupees Hundred’ र 2024 AD को सिरिज अंकित छ। नयाँ नोट देशभरका बैंक तथा वित्तीय संस्थामार्फत विस्तारै उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।