बैंकिङ खबर/ पछिल्लो समय अधिकाँस नियामकसँग रकम थुप्रिएको छ । जेन्जी आन्दोलनपछिको अबस्थामा लगानीयोग्य रहम प्रयाप्त थन्कीदा व्यबसायीक कर्जा लिनेहरु भने सक्रिय छैनन् । एकलाख ५० हजार बढी व्यबसायी हाल कालो सूचिमै छन् । व्यापार व्यबसायमा मन्दी आउँदा बैंकवित्तमा तरलता अत्याधिक छ । यो प्रभाव बीमा कम्पनीहरु, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, संचय कोषमा पनि उत्तिकै बढेको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब १५ करोड रकम लगानीका लागि बाटो खोजेको छ । उसले निक्षेपका रुपमा उक्त रकम राख्न खोजेको हो । संस्थागत निक्षेपमा बेंकवित्तले बढीमा २.७५ प्रतिशत मात्रै व्याज दिँदै आएका छन् । व्याजदर घट्दोक्रममा हुँदा रकम लगानीको वातावरण भने खासै बन्न सकेको छैन । राजनीतिक अस्थीरताका कारण यो अबस्था अझै लम्बीने संकेत देखिएको छ । उता केन्द्रीय बैंकले पनि ३० अर्ब फेरि तान्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनको लागि ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले नियमित रुपमा सातामा २ पटक यसरी रकम तान्दै आएको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।