२०८२ मंसिर ७ गते

नेपाल राष्ट्र बैंकले फेरि ५० अर्ब तरलता व्यवस्थापन गर्दै

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँको तरलता व्यवस्थापन गर्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलन उपकरणमार्फत पैसा खिच्ने योजना बनाएको हो।बोलकबोल आइतबार दिउँसो ३ बजे अनलाइन मार्फत हुनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, बाँकी रकम स्वचालित रूपमा बाँडिनेछ।

बोलकबोल ब्याजदरमा हुने भए पनि बहुब्याजदरमा बहुबोलकबोलको सुविधा उपलब्ध हुनेछ। ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।८६ दिने निक्षेप संकलन उपकरणको मूलधनसहित ब्याज फागुन ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।