Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा विकास बैंकका सेयरधनीले पनि पाउने भए २० प्रतिशत बोनस सेयर

२०७३ पुष २० गते
सेयर:

गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको १८५औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनसु सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकको चुक्तापुँजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।