बैंकिङ खबर / अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । बिहीबारको तुलनामा शुक्रबार फेरि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सयले घटेको छ भने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ । शुक्रबार एक तोला सुन २ लाख ४१ हजार ७ सय निर्धारण भएको छ भने चाँदी प्रतितोला ३ हजार १ सय कायम भएको छ ।