Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

३ महिनाका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक

२०८२ मंसिर ३ गते

बैंकिङ खबर / राष्ट्र बैंकले आर्थिक प्रणालीमा बढिरहेको अतिरिक्त तरलता नियन्त्रण गर्न आज २०८२/०८/०३ मा फेरि ५० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध फण्ड अत्यधिक बढेपछि यो प्रक्रिया नियमित रूपमा आइतबार र बुधबार हुँदै आएको हो।

आज ८४ दिन अवधि को निक्षेप संकलन हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्छन्। न्यूनतम १० करोडदेखि निर्धारित सीमा भित्र गुणकमा प्रस्ताव पेश गर्न पाइनेछ।यसरी लिइने निक्षेप संकलन उपकरणलाई पछि अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि छ।