निर्धन उत्थान बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रालिबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा निर्धन उत्थान बैकका तर्फबाट सहायक महाप्रवन्धक राज नारायण दास र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले बुधबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, अब बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम निर्धन उत्थान बैकका १८८ वटा शाखाहरु मार्फत भुक्तानी लिन सकिनेछ । साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको बताइएको छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु रहेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । निकट भविष्यमा नै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने बुमको योजना छ ।
आन्तरिक सञ्जाललाई तीब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने प्रबन्ध निर्देशक पन्तले बताए । बुम रेमिटले विभिन्न बैंकहरूस‘गको सहर्कायमा विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको सबेत उनले जानकारी गराए ।
बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको प्रबन्ध निर्देशन पन्तले बताए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको धारणा छ ।