बैंकिङ खबर/ प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको हेड अफिसमा छापा मारेर महत्वपूर्ण कागज जफत गरेको छ । सिआइबीको अनुसन्धानपछि सिइओ अशोक शेरचन फरार रहेका छन् । अहिले सीआईबीले प्रभु बैंकले गरेका गतिविधि संकास्पद भएको भन्दै प्रभु बेंकमा छापा मारेको हो । सीआईबीको टोली आउने जानकारी पाएपछि अशोक सेरचन हतार हतार भागेको बताइएको छ । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बवन्धित रहेका डकुमेन्टहरुमा सिइओ अशोक सेरचनले गैरकानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईवीले छापा मारेको हो । प्रभु बैंकबाट बैंकिङ कसुरका गतिविधि भएको भन्दै परेको उजुरीका आधारमा सिइओ अशोक सेरचनमाथि अनुसन्धान भइरहेको छ ।