मुक्तिनाथ विकास बैंक लिमिटेडले दशौं वर्ष पुरा गरी एघारौं वर्ष प्रवेशको शुभअवसरमा पौष १९ गते बैँकको केन्द्रीयकार्यालय, पृथ्वीचोक, पोखरामा बृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्र मार्फत ७० युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा बैंकका संस्थापक सेयरधनी श्री पिताम्बर शर्माले पहिलो रक्तदाता बैंकका सञ्चालक समीतिका सदस्यश्री चुडामणी कडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा रगतदान गर्नु भनेको जीवनदान गर्नु हो, जीवनदान भनेको संसारको महत्वपूर्ण ठूलो धर्म भएकोले स्वस्थ्य व्यक्तिहरुलाई रक्तदान गर्न अभिप्रेरीत गर्नुभएको थियो । रक्त सञ्चार केन्द्रका प्रमुखश्री ध्रुबमणि अधिकारीले स्वस्थ्य व्यक्तिले हरेक तीन महिनामा रगत दिन सक्ने र त्यसले स्वास्थ्यमा कुनै असर नगर्ने जानकारी गराउनु भएको थियो ।उहाँले बैंकले रगतदान, जीवनदान जस्तो महानकार्यमा अग्रसर भईगरेको योगदानको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको थियो ।
सञ्चालक समितिका अध्यक्ष श्री मिन प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समापन मन्तव्य राख्दै उहाँले बैंकबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गरी रहेको जस्तैः फिर्के बुलांैदी सरसफाइ, बृहतपोखरा सरसफाई अभियान लगायत विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रममा पनि बैंकले अग्रसरता देखाएको र अन्य सामाजिक हितका कार्यहरुलाई निरन्तरता दिने योजना रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य बैंकका सञ्चालक समितिका सदस्य श्री खिम प्रकाश मल्लले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन तालिम इकाई प्रमुख श्री शर्मिला लम्सालले गर्नुभएको थियोे ।
पोखरा उपमहानगरपालिका अन्तर्गत रहेको नगर बालमञ्चको पहल र पोखरा उपमहानगरपालिकाको संयोजनमा पोखरा उपमहानगरपालिका अन्तर्गत रहेका २९ वटा वडा तथा उपमहानगरपालिका कार्यालय समेत गरी कुल ३० वटा कार्यालयहरुमा राख्ने गरी ३० थान सुझाव तथा गुनासो पेटिका नगर बालमञ्चका अध्यक्ष श्री अनुश्रेया सुवेदीलाई बैँकका सञ्चालक समितिका अध्यक्ष श्री मिन प्रसाद गुरुङ्गले एक समारोहकाबीच हस्तान्तरण गर्नु भयो । ती सुझाव तथा गुनासो पेटिका हरेक वडामा रहेको नागरिक मञ्च तथा बालमञ्चका पदाधिकारीहरुको रोहवरमा कम्तीमा हरेक महिनाको पहिलो शनिबार अनिवार्य रुपमाखोलिने र प्राप्त सुझाव तथा गुनासोहरु बारे आवश्यक कार्यवाही गरिने व्यवस्था गरिएको छ ।