January 3rd, 2017

मिर्मिरे माईक्रोफाइनान्सको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटडलाई नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र प्रभु क्यापिटलका तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालीकोटाले सोमबार (पुस १८ गते) हस्ताक्षर गरेका हुन् ।

मिर्मिरे माईक्रोफाइनान्सले आ.ब. ०७२/०७३ मा कायम चुक्ता पुँजीको आधारमा ५० प्रतिशत अर्थात १ बराबर ०.५० को अनुपातमा साबिकका सेयरधनीका लागि हकप्रद सेयर जारी गर्दैछ । माइक्रोफाईनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक लाख ५० हजार कित्ता सेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो । 

मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडको छैठौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी रु. दश करोड पुर्याउने निर्णय गरेको छ ।