Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकलाई वित्तीय विवरण प्रकाशनका लागि थप समय

२०८२ कार्तिक २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लेखा परीक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय दिएको छ।

विद्यमान व्यवस्थाअनुसार त्रैमास सकिएको १५ दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने भए पनि राष्ट्र बैंकले समयसीमा कात्तिक २१ गतेसम्म पुर्‍याएको हो। यसअघि बैंकहरूले असोज ३० गतेभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था थियो।

राष्ट्र बैंकले पठाएको निर्देशनअनुसार, बैंकहरूले पाकेको ब्याजमध्ये कात्तिक १५ गतेसम्म उठेको ब्याजबाहेकको रकमबाट विभिन्न खर्च कटाएर बाँकी रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ।

त्यस क्रममा आयकर, कर्मचारी बोनस तथा अन्य कोषहरूमा जम्मा गरिएको रकम कटाएर बाँकी मुनाफालाई सञ्चित मुनाफा कोषमा खर्च भएको देखाई नियमनकारी कोषमा स्थानान्तरण गर्न भनिएको छ।

राष्ट्र बैंकको यो कदम बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण तयारी प्रक्रियालाई सहज बनाउने उद्देश्यले गरिएको मानिएको छ।