Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भाइटीकाको दिन बाहेक अन्य दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

२०८२ कार्तिक १ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो।

त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।

राष्ट्र बैंकका अनुसार, व्यापारिक कारोबार, भुक्तानी प्रक्रिया र भन्सार जाँचपासमा सहजता ल्याउनका लागि यो व्यवस्था गरिएको हो।