Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अस्पताल र वृद्धाश्रमलाई हिमालयन बैंकले गर्यो सहयोग

२०७३ पुष १८ गते

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान — “सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई दश हजार थान ओ. पि. डि. टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुइ थान कम्प्युटर सेट प्रदान गरेको हो । बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई एक समारोहका बीच सोमबार हस्तान्तरण गरे । 

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।