Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सीएसआर सम्बन्धी मार्गदर्शन संशोधन : जेनजीलाई पनि समेट्यो(पूर्णपाठ)

२०८२ आश्विन २८ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार एक सर्कुलर जारी गर्दै सीएसआरसम्बन्धी विद्यमान मार्गदर्शनमा दुई नयाँ बुँदा थप गरिएको जानकारी दिएको हो।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत सीएसआरका रूपमा खर्च गर्न पाउने प्रावधान यथावत रहनेछ। तर, यसअन्तर्गत खर्च गर्न सकिने क्षेत्र र सीमामा दुई नयाँ व्यवस्था थपिएका छन्।

पहिलो, जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरीब तथा विपन्न वर्गका नागरिकका लागि औषधि उपचारमा लाग्ने खर्चलाई सीएसआरको रूपमा देखाउन पाइनेछ। उक्त खर्च सीधा लाभार्थीलाई नभई सरकारी अस्पताललाई उपलब्ध गराइनेछ।

दोस्रो, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवार, विशेषगरी आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका सदस्यहरूको आय आर्जन क्षमता अभिवृद्धि गर्न सीपमूलक तालिम प्रदान गर्न सहयोग गर्ने खर्चलाई पनि सीएसआर अन्तर्गत देखाउन पाइनेछ। त्यस्ता तालिम नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थामार्फत दिनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।