Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गर्भनर पौडेल अमेरिका जाँदै

२०८२ आश्विन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेल अमेरिका जाने भएका छन् । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बैठकमा सहभागी हुन गर्भनर पौडेल असोज २५ गते शनिबार अमेरिका जान लागेका हुन् ।

गर्भनर पौडेल अमेरिका जाने भएपछि डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिइएको छ । अर्थमन्त्रीस्तरीय निर्णयअनुसार तिम्सिनालाई यो जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।