Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दशैं बिशेष

दशैंमा कसरी गर्ने नोटको जतन : यस्ता छन् राष्ट्र बैंकको सुझाव

२०८२ आश्विन १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा सुकिला र सफा नोट प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । दशैंमा देवीको प्रसादस्वरूप टीका र जमरासँगै दक्षिणा दिने परम्परा रहिआएको छ । यस क्रममा प्रयोग हुने बैंकनोटलाई सुरक्षित र प्रयोगयोग्य राख्न राष्ट्र बैंकले विशेष सचेतना सन्देश जारी गरेको हो ।

बैंकले नोट च्यातिने, भिजिने वा फोहोर नबनाउने, जल, चन्दन, अक्षता, अबिरजस्ता पदार्थ नलगाउने र नोटलाई सफा तथा सुक्खा ठाउँमा राख्न आग्रह गरेको छ । साथै, सकभर डिजिटल माध्यम प्रयोग गरी दक्षिणा दिने बानी बसाल्न पनि अनुरोध गरिएको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नोटको जतन गर्नु हाम्रो कर्तव्य हो, जसले वित्तीय व्यवहारलाई दीर्घकालीन रूपमा सहज बनाउँछ।”