Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोफेशनल दियालोलाई गाभेको लक्ष्मी बैंकको एकीकृत कारोबार माघ २ गतेदेखि

२०७३ पुष १७ गते

१० जिल्ला कार्यक्षेत्र भएको प्रोफेशनल दियालो विकास बैंकलाई गाभेको लक्ष्मी बैंकको एकीकृत कारोबार आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट गत पुस ११ गते प्राफेशनल दियालो लाई गाभ्न अन्तिम स्वीकृती पाएको बैंकले एकीकृत कारोबार सुरु गर्न आवश्यक सबै प्रक्रिया पुरा गरी माघ २ गतेदेखि एकीकृृत कारोबार सुरु गर्ने जानकारी दिएको हो ।  

एक्विजिशन पछि बन्ने बैंकको नाम लक्ष्मी बैंक लिमिटेड नै रहने भएको छ । बैंकको केन्द्रीय कार्यालय भने साविकको प्रोफेशन दियालो विकास बैंकको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा हुने भएको छ ।

एक्विजिशनमा लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकको स्वाप रेसियो १००ः५० तय गरिएको छ । जसअनुसार, प्रोफेशनल दियालो विकास बैंकको प्रति सेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति सेयर मूल्यको ५० प्रतिशत रहने भएको छ । 

हाल लक्ष्मी बैंकको चुक्तापुँजी तीन अर्ब तीन करोड ९२ लाख रुपैयाँ छ भने प्रोफेशनल दियालो विकास बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ छ । प्रोफेसनल दियालोलाई प्राप्ति गरेपछि कायम हुन आउने पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव बैंकको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । उक्त एक्विजिसन र हकप्रद वितरणपछि बैंकको पुँजी साढे छ अर्ब पुग्नेछ ।