पोखरामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले आगामी दुई वर्षभित्र राष्ट्रियस्तरको उत्कृष्ट तीन विकास बैंक भित्र पुग्ने लक्ष्य लिएको छ । हाल उत्कृष्ट पाँचमा रहेको यस बैंकले गोरखाको मनास्लु विकास बैंकसँग मर्जरमा जाने सैद्धान्तिक सहमति गरिसकेको छ । मर्जर पश्चात बैंकको चूक्तापूजी १ अर्व ३६ करोड रुपैयाँ पुग्ने छ ।
मर्जर पश्चात बैंकको शाखा ४० पुग्ने छ । चालु आर्थिक वर्षमा त्यसलाई वृद्धि गरि ४५ पुर्याउने बैंकको योजना रहेको छ । त्यस्तै चूक्तापूँजी वृद्धिका लागि ३० प्रतिशत बोनस सेयर जारी गर्ने जानकारी बैंकले दिएको छ ।
बोनस सेयर जारी पश्चात चूक्तापूँजी २ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय स्तरको विकास बैंक बन्न अपुग ३३ करोड रकम चालु वर्षको नाफालाई पुँजिकृत गरी चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याइने लक्ष्य लिइएको छ ।
यसैबिच ओम डेभलपमेन्ट बैंकले बुटवलमा शाखा स्थापना गर्ने तयारी गरेको छ । बुटवल स्थित पुष्पलालपार्क नजिक पुरानो सिटिजन बैंक बसेको घरमा शाखा खोल्ने सम्पुर्ण तयारी पुरा भएको छ । निकट भबिष्यमा शाखा उद्घाटन गरिने लक्ष्यका साथ काम अघि बढिरहेको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताएका छन् ।