Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जेनजी आन्दोलनबाट बैंकिङ प्रणाली सुरक्षित छ: गभर्नर पौडेल

admin २०८२ भाद्र ३० गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा र एटीएममा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण समारोहपछि बोल्दै गभर्नर पौडेलले हालको अवस्थाबारे जानकारी दिँदै भने, ‘६८ वटा शाखामा आक्रमण भयो, ६९ वटा एटीएममा केही असर पर्यो, तर प्रणालीमा कुनै गम्भीर क्षति छैन ।’ उनले आन्दोलन बैंक लक्षित नभएको देखिएको पनि स्पष्ट पारे ।

गभर्नर पौडेलले हाल बैंककर्मीहरूको मनोबल घटिरहेको अवस्थामा मनोबल बलियो बनाउनुपर्नेमा जोड दिए । पहिले पनि चुनौती थियो, अहिले थपिएको हो । तर समाधानका लागि हामी तयारीमा छौं,’ उनले भने।

उनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको अनुभव र नेतृत्वप्रति भरोसा व्यक्त गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सहकार्यले बैंकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

‘अर्थमन्त्री अनुभवी व्यक्तित्व हुनुहुन्छ । अब सरकार, व्यवसायी र बैंककर्मीबीच सहकार्य गरेर समस्या समाधान गर्न जरुरी छ,’ गभर्नर पौडेलले भने, ‘यो समय अवसरको हो-सही रूपमा प्रयोग गर्न सके देशको अर्थतन्त्रलाई फाइदा पुग्नेछ।’ गभर्नर पौडेलले बैंकिङ प्रणालीका चुनौती अझै कायम रहे पनि उपाय खोज्ने मानसिकता र सहकार्यबाट सुधार सम्भव हुने बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।