Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ सेवा सञ्चालन गरिरहेका शाखा र एटीएमबारे नागरिकलाई जानकारी दिनुः राष्ट्र बैंक

२०८२ भाद्र २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था मिलाइएको उल्लेख छ।

यस क्रममा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत लिन सकिने राष्ट्र बैंकले जनाएको छ। साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।