January 1st, 2017

मेरो माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश पारित

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा नुवाकोटको बट्टारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षता तथा उद्घाटनमा सम्पन्न उक्त सभामा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तब्य दिनुभएको थियो । सभाले आर्थिक वर्ष २०७२÷७३ को लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गरेको छ । संस्थाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । २० करोड चुक्ता पूँजी भएको संस्थाको बोनस वितरण पछि चुक्ता पूँजी २२ करोड पुग्नेछ ।
सभाले संस्थाका साधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचनद्वारा २ जना सञ्चालकहरु नियुक्त गरेको छ । नवनियुक्त सञ्चालकहरु बद्री प्रसाद पुडासैनी र कमल नेपाल (प्रतिनिधि एन एम बि क्यापिटल लिमिटेड) लाई अध्यक्ष भण्डारी, सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतले स्वागत गर्नुभएको थियो । सभाले आर्थिक वर्ष २०७३/७४ को लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भएबमोजिम  श्री महेश खनाल (एम खनाल एण्ड कम्पनी) लाई लेखापरीक्षक नियुक्ति गरेको छ ।