Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

२०८२ भाद्र २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । साथै यससम्बन्धी सूचना आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गर्न समेत राष्ट्र बैंकले भनेको छ ।