२०८२ भाद्र १४ गते

जानकी फाइनान्सको खराब कर्जा ४८ प्रतिशत पुग्यो, अरुको अवस्था कस्तो ?

बैंकिङ खबर/ नेपालका फाइनान्स कम्पनीहरुमध्ये जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा बढी रहेको छ । २०८१ असार मसान्तसम्म ३७.१३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा २०८२ असार मसान्तसम्म बढेर ४८.६१ प्रतिशत पुगेको छ ।

करिब ११.५ प्रतिशत अंकले खराब कर्जा बढ्नुले संस्थाको वित्तीय स्थायित्व धरासायी भएको देखिन्छ । सामान्यतया १० प्रतिशतभन्दा माथिको खराब कर्जा अनुपातलाई खतराका रुपमा लिने गरिन्छ । तर जानकी फाइनान्सको दर यसभन्दा पाँच गुणाले बढी छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरू नकारात्मक देखिएका छन् ।

कम्पनीको नाफा लगातार ऋणात्मक बन्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ३४ लाख रुपैयाँ घाटा रहेकोमा यो थप बढेर गत वर्ष २० करोड ७२ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

नाफाको गिरावटसँगै प्रतिशेयर आम्दानी पनि थप ऋणात्मक बनेको छ । अघिल्लो वर्षमा प्रतिशेयर आम्दानी १९.८७ रुपैयाँ ऋणात्मक थियो भने गत आर्थिक वर्षमा यो बढेर ३०.२ रुपैयाँ ऋणात्मक भएको छ ।

त्यसैगरी, कम्पनीको नेटवर्थमा पनि तीव्र गिरावट आएको छ । अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ ५७.८६ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ३.०१ प्रतिशतमा सीमित भएको छ ।

सञ्चालन नाफा पनि ऋणात्मक नै छ । गत वर्ष कम्पनीको सञ्चालन नाफा २० करोड ७२ लाख रुपैयाँ ऋणात्मक थियो भने अघिल्लो वर्ष यो १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा कम्पनीको चुुक्तापूँजी ६९ करोड ४ लाख रुपैयाँ, जगेडा कोष ४३ करोड ९ लाख रुपैयाँ र खुद ब्याज आम्दानी १६ करोड ६७ लाख रुपैयाँ रहेको देखिन्छ । यद्यपि, ब्याज आम्दानी देखिए पनि खराब कर्जाको भारी दबाबले समग्र वित्तीय अवस्था असन्तुलित बनेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात अत्यधिक उच्च रहेकाले कर्जा प्रवाहमा पनि असुविधा भएको छ । यसले संस्थाको मात्र होइन समग्र अर्थतन्त्रमा पनि असर पुर्याएको छ । खराब कर्जा ५० प्रतिशत नजिक पुगेको र नाफा लगातार ऋणात्मक बढेको अवस्थाले राष्ट्र बैंकले कुनै पनि बेला कम्पनीलाई टेकओभर गर्ने सम्भावना उच्च देखिएको छ ।

२०५३ सालमा स्थापना भएको यस फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिनेश कुमार शर्मा छन् भने अध्यक्षमा बलराम प्रसाद गुप्ता रहेका छन् ।

अन्य फाइनान्स कम्पनीको अवस्था कस्तो ?

जानकी फाइनान्स कम्पनी जस्तै अन्य फाइनान्स कम्पनीहरु पनि धरासायी अवस्थामा परेका छन् । पोखरा फाइनान्सको निष्क्रिय कर्जा २९.४५ प्रतिशतबाट २९.०६ प्रतिशतमा झरे पनि अझै उच्च स्तरमै छ ।

समृद्धि फाइनान्सले भने २०.२३ प्रतिशतको निष्क्रिय कर्जा घटाएर ९.६६ प्रतिशतमा ल्याउन सफल भएको छ । श्री इन्भेस्टमेन्टमा अलिकति कमी देखिएको छ । अघिल्लो वर्ष २.८६ प्रतिशत रहेकामा गत वर्ष २.५७ प्रतिशतमा झरेको छ ।

रिलायन्स फाइनान्सको निष्क्रिय कर्जा ६.४७ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । प्रोग्रेसिभ फाइनान्समा पनि ८.९२ प्रतिशतबाट घटेर ५.४७ प्रतिशत भए पनि अझै उच्च स्तरमै छ । मल्टिपर्पस ४.३४ प्रतिशत, मञ्जुश्री ३.११ प्रतिशत र आईसीएफसी १.८३ प्रतिशतमा झरेका छन् ।

गोर्खाज फाइनान्समा पनि १२.७३ प्रतिशतबाट बढेर १६.१ प्रतिशत भएको छ । गुहेश्वरी, गुडविल र सेन्ट्रल फाइनान्समा पनि थोरै वृद्धि भएको छ । बेस्ट फाइनान्स भने ५.९७ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ ।

फाइनान्स कम्पनीहरूको खराब कर्जा (Non-Performing Loan, NPL) बढ्नुका कारण र समाधानका उपायहरू

 

खराब कर्जा बढ्नुका मुख्य कारण

ऋण दिनेको असावधानी:

बैंक/फाइनान्स कम्पनीहरूले ग्राहकको क्रेडिट मूल्याङ्कन, वित्तीय क्षमता र व्यवसाय योजना राम्रोसँग जाँच नगरी ऋण दिनु।

पूर्वानुमान नगरी उच्च जोखिम भएका ग्राहक वा व्यवसायमा ऋण दिनु।

व्यवसाय असफलता वा आर्थिक मन्दी

ग्राहकको व्यवसाय असफल हुनु वा बजारमा माग घट्नु।

प्राकृतिक प्रकोप, महामारी वा आर्थिक मन्दीले व्यवसाय घाटामा जानु।

ऋणको दुरुपयोग:

ऋणलाई निर्धारित प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गर्नु, जसले आम्दानी नबढाइ कर्जा तिर्न नसक्ने अवस्था सिर्जना गर्छ।

समयमै निगरानी नहुनु

फाइनान्स कम्पनीले ऋणको नियमित निगरानी नगर्नु।

विलम्ब भइसकेपछि पनि रिकभरी प्रक्रिया सुरु नगर्नु।

राजनीतिक र सामाजिक हस्तक्षेप

कहिलेकाहीँ उच्च राजनीतिक प्रभाव वा स्थानीय दबाबका कारण जोखिमयुक्त ऋण अनुमति पाउनु।

कमजोर लगानीकर्ता र नीतिगत कमजोरी।

ऋण संरचना र फाइनान्स नीति कमजोर हुनु

ऋणको पुनर्भुक्तानी अवधि, ब्याज दर र शर्तहरू उचित नहुनु।

जोखिम व्यवस्थापन प्रणाली पर्याप्त नहुनु।

समाधानका उपाय

सुनियोजित ऋण नीति

ग्राहकको आर्थिक अवस्था, क्रेडिट इतिहास र व्यवसाय योजना अनुसार मात्र ऋण दिने।

उच्च जोखिम व्यवसायमा ऋण दिने बेलामा ग्यारेन्टी वा अन्य सुरक्षा उपाय अनिवार्य गर्नु।

ऋण निगरानी र व्यवस्थापन मजबुत बनाउने

नियमित रूपमा ऋणको स्थिति निगरानी गर्नु।

समयमै रिकभरी प्रक्रिया सुरु गर्ने।

ऋण पुनःसंरचना (Restructuring):

असफल ऋणलाई पुनः संरचना गरी ब्याज दर वा अवधि समायोजन गर्नु।

ग्राहकको पुनःभुक्तानी क्षमता अनुसार योजना बनाउने।

जोखिम व्यवस्थापन प्रणाली सुधार:

ऋण प्रवाहमा जोखिम मूल्याङ्कन (Credit Risk Assessment) प्रणाली प्रभावकारी बनाउने।

फाइनान्स कम्पनीको आन्तरिक नियन्त्रण र लेखा प्रणाली मजबुत बनाउने।

सजगता र जागरुकता:

ग्राहकलाई ऋणको सही प्रयोग, बचत र वित्तीय शिक्षा दिने।

सामाजिक र राजनीतिक हस्तक्षेप कम गर्ने।

निगरानी तथा सरकारी निर्देशन:

नेपाल राष्ट्र बैंकको निगरानी अनुसार ऋणको गुणस्तर सुधार गर्ने।

खराब कर्जा बढेमा थप कानुनी कदम र जरिवाना लागू गर्ने।

संगठित प्रयास र साझेदारी:

बैंक, फाइनान्स कम्पनी, ग्राहक र सरकारबीच मिलेर कर्जा सुधार र रिकभरी कार्यक्रम सञ्चालन।

प्राविधिक सहयोग र विशेषज्ञ परामर्शमार्फत ऋण व्यवस्थापन सुधार।