Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दशैंमा सुकिला नोट मात्रै साट्न पाइने

२०८२ भाद्र १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट नभई सुकिला नोट मात्रै साट्ने व्यवस्था गर्ने भएको छ। मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार बजारमा प्रयोग भई पुनः बैंकमा फर्किएका पर्याप्त नोट भएकाले नयाँ नोट वितरण नगरिने भएको हो। तर, ५ रुपैयाँ दरका नोट भने नयाँ नै साट्न पाइनेछ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सुकिला नोट साट्न पाउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ। थापाथलीस्थित बैंकिङ कार्यालय, सातै प्रदेशका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला नोट साट्न सकिने छ। गत वर्षको दशैंमा पनि सुकिला नोट सटही गरिएको थियो ।