Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै मिसन डेभलपमेन्ट बैंक

२०७३ पुष १५ गते
सेयर:

मिसन डेभलपमेण्ट बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १९ लाख ४९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर जारी गर्ने निर्णय बैंकको गत फागुनमा सम्पन्न वार्षिक साधारणसभाले पारित गरिसकेको छ । 

हाल मिसनको चुक्तापुँजी १९ करोड ४९ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी झन्डै ४० करोड रुपैयाँ पुग्नेछ ।