२०८२ भाद्र २ गते

नाडा फुटेको छैन, यसपालीको अटो शो प्रविधि विशेष हुने छ : (अन्तरवार्तासहित)

करण चौधरी, अध्यक्ष नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ हुँदै छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यो कार्यक्रमले नेपालको मोटर उद्योगमा नयाँ प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गर्दै सम्पूर्ण अटो क्षेत्रलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ । उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ । शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्डसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्थाका ३५ कम्पनीको पनि सहभागिता रहनेछ । एकसय भन्दा बढी स्टल रहने नाडा अटो शोमा १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको नाडाका अध्यक्ष करण चौधरी बताउँछन् । ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र ओगट्ने यो अटो शो हालसम्मकै सबैभन्दा ठूलो शो हुने उनको भनाई छ । प्रस्तुत छ नाडाका अध्यक्ष करण चौधरीसँग गरिएको कुराकानीको सारांश :

नाडा अटो शोको तयारी कसरी अघि बढीरहेको छ ?
तयारी तीव्र गतिमा अघि बढिरहेको छ, यसलाई कसरी सफल बनाउने भन्ने कुरामा हाम्रो पुरै टिम लागिपरेको छ । यसपालिको प्रदर्शनी विशेष हुनेछ । यसलाई विशेष बनाउनका लागि हामी २४ घण्टा नै काम गरेर तीव्र तयारीमा जुटिरहेका छौं । संपूर्ण अटो मोवाइल्सका स्टलहरू एकैठाउँमा राख्ने र अटोमोबाइल क्षेत्रलाई एकै ठाउँमा समेट्ने हुँदा यो विशेष रहने छ । जुन थलो नाडा अटोशो मात्रै हो ।

यहाँले एकमात्र भनिरहँदा नाडा अटो शो हुनु अगाडि नै मोविलिटी एक्स्पो सम्पन्न भएको छ, के नाइमा नाडाबाटै अलग भएर अर्को समुह बनेको हो ?
यहाँको प्रस्न आउनु स्वभाविकै हो, तर त्यस्तो होइन । यसलाई मैले अन्यथा पनि भन्दिन । मलाई जवाफ दिनुस कि न नडाका कुनै साथीहरुले नाडा छोडेर अर्को समुहमा जानुभएको छ ? अर्को कुरा नेपालमा धेरै शोहरु हुन्छन् । बर्षमा आठ÷नौ वटा त गाडिको मात्रै प्रदर्शन हुन्छन् । जुन एशोशिसयनको कुरा छ त्यो खडा हुनुमा के नयाँ कुरा छ र । जव कि विभिन्न पार्ट पुर्जाका पनि एशोसियसन छन् । इन्डीभिजुअल कम्पनीहरुको पनि एशोसियसन छन् । इभि कम्पनीको पनि एशोसियसन छ । लुव्रिकेटको पनि छ । अनि टायरको पनि एशोसियसन छ । यसर्थ नाडा विभाजित भएको छैन । यो भ्रम मात्रै हो ।

नाडा अटो शो का नयाँ आयामहरु र नयाँ आकर्षणको विषय के के हुनेछन् ?
नाडा अटो शो लाई परिकल्पना गर्दै गर्दा हामीले यसलाई प्रविधिसँग जोडेर हेरेका छौं । यो अब एउटा प्रविधिसँग आत्मसाथ गर्ने थलो बनेको छ । अटो मोवाइल्स क्षेत्रलाई प्रविधिसँग जोडेर हेर्दा हामीले अटोमेटीक ड्राइभिङ भनौं या अनम्यान एयरक्राफ्ठ भनौ या रोवटीक्स भनौं फ्यूचरमा ड्राइभर विनाको सवारी साधनको परिकल्पना गर्न सकिन्छ भन्ने आभास यस प्रदर्शनीबाट आभाष हुने छ । यसपालीको प्रशदर्शन फलाइङ ट्याक्सी पनि रहने छ ।

अहिले भर्खरै आएको मौद्रिक नीतिले अटो मोवाइल क्षेत्रत्रमा के कस्ता प्रभावहरु सृजना गरेको छ ? गाडिको विक्रिमा के कस्तो सहज भएको छ ?

कठीन छ, मौद्रिक नीतिले सहज गरिदिन्छ भन्ने आशा थियो, तर गर्न सकेन आगामी दिनमा सहजीकरण गर्ला भन्ने आशामा हामी छौं । त्यसका लागि आगामी पहिलो मौद्रिक त्रैमासीक समिक्षाले समेट्नु पर्ने कुराहरु छन् । बजेटबाट जुन कुरा समेटीयो, त्यो रुपमा मौद्रिक नीतिले हाम्रो मर्म बुझ्न सकेन भन्ने हो । तथापी यसबाट हामीले हार मानेका छौंनौं । आउँदा दिनमा आशावादी भएर बसेका छौं ।

मोवाइलस अटो क्षेत्रका लागि खासमा मौद्रिक नीतिले के के समेट्नु पर्ने थियो ?
हाम्रो र्दुइटा कुरा महत्वपूर्ण छ । एउटा लोन टु भ्यालुको हो । अर्को कुरा ग्रसरेट सर्भिसको कुरा छ । व्याजदर सस्तो हुँदा पनि नीतिगत कुराले गर्दा मानिसले गाडि किन्ने अबस्था हुँदैन । मुख्य कुरा लोन प्रवाह हुनुपर्छ । लोन प्रवाह हुने किसिमको नीति जरुरी छ । नीतिगत समस्या समाधान गर्न जरुरी छ । यसको नीतिगत र दिर्घकालीन विषयलाई हामीले नाडा अटो शोमा पनि बहस गर्ने छौं ।

नाडा अटो शोमा कति मानिस आउने अपेक्षा गर्नुभएको छ र मानिस यस शो मा आउनुपर्ने कारणहरु के के हुन सक्छन् ?
नाडा अटो शोले साना बच्चादेखि वृद्धवृद्धालाई पनि प्रभाव पार्ने छ । यो शो मा बच्चाका लागि चाखलाग्दो कुकुर रोवर्टस रहने छ । त्यस्तै यहाँ पुराना गाडिदेखि नयाँ टेक्नोलोजी सम्मको कुरा अध्ययन गर्ने चिजहरु हुनेछन् । त्यस कारणले पनि यो अटो शो सबैका लागि महत्वपूर्ण छ । यो एउटा यस्तो प्लेटफर्म हो जहाँ सबै अटो क्षेत्रका व्यबसायीहरुलाई आबश्यक पर्ने कुराहरु हुनेछन् । सबै किसिमका अटोको उपभोक्ताहरुलाई के के पाइन्छ भन्ने व्यबसायीक कुरा महत्वपूर्ण हुन्छ । जुन कुरा केवल नाडा अटो शोमा मात्रै पाउँछ । नाडाको विशेषता भनेको एक रुपैयाँको पार्टपूर्जा देखि करोडौंसम्मका गाडि एकैठाउँमा विक्रि र प्रदर्शन हुने हो । आजका दिनसम्म आइपुग्दा माथिल्लो बर्गलाई मात्रै होइन कि मध्यम बर्ग र तल्लो तहको बर्गलाई पनि यसले समेट्छ भन्ने मलाई लाग्छ । हाम्रो अनुमान यहाँ एकलाखजति मानिस आउनुहुने छ भन्ने हो । आशाा छ त्यो भन्दा धेरै मानिसहरु यहाँ आउनुहुने छ ।

पछिल्लो समय इभि गाडिहरु धेरै भित्रिएको पाइन्छ, के अव पेट्रोलीयम गाडिको विकल्पमा इभि गाडि अघि बढेको हो त ?
यसलाई विकल्पै त भन्न मिल्दैन । विकल्प कुनै कुराकोमा अर्को कुनै कुरा हुँदैन । डिजेल र पेट्रोलकै कुरामा पनि विकल्प भन्न मिल्दैन भने इभि पनि विकल्प होइन । कसलाई कुन मन पर्छ कसलाई कुन मन पर्छ । यो छनौटको विषय अवश्य हो । तर पेट्रोलीयम गाडिको विकल्प इभि गाडि भन्ने हुँदैन ।

नाडा अटो शोलाई अन्तर्राष्ट्रिय अटो शो का रुपमा लैजाने सम्भावना के छ ?
सम्भावना भनेको सधै जहाँ पनि रहीरहन्छ । नाडा अटो शो पनि त्यस्तै सम्भावना बोकेको क्षेत्र हो । फ्लाईङ ट्याक्सी र रोवर्टको प्रयोगमा यसपालीको प्रदर्शनी हुने हुँदा यो शो दक्षिण एशियामा प्रभावकारी त देखिएको छ नै । यो कार्य अघि बढ्दै जाँदा भोलि के थाहा यसलाई नाडा अटो शोकै नामबाट विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय रुपमा लैजान सकिएला र कुनै दिन नाडाकै नामबाट विभिन्न देशमा यो प्रदर्शनी हुनपनि सम्भव देख्छु म ।

पछिल्लो समयमा नेपाली नागरिकको पहुँच गाडिसँग कस्तो रहेको पाउनुभएको छ ?

हाम्रो आँकलन अनुसार दुई प्रतिशत भन्दा माथिले चारपांग्रे सवारी साधन चलाउँछन् । र ६ देखि सात प्रतिशतले अरु गाडि चलाउँछनु् । यो अत्याधिक कम हो । नागरिकको दैनिक सहजीकरणमा सवारीसाधनले महत्वपूर्ण भूमिका खेलेको छ । यसलाई बुभ्न जरुरी छ र यो पहुँच बढाउन आबश्यक छ । सवारी साधनलाई अब लक्जरीयस क्याटगरीमा गर्नुपर्ने समय छैन । यो आवश्यक कुरा हो भनेर हामीले बुझाउन खोजीरहेका छौं, सरकारले पनि विस्तारै विस्तारै बुझ्दै आएको छ ।

गाउँलाई अर्थतन्त्रसँग जोड्नका लागि ग्रामिण सवारी साधन र टेक्नोलोजी साधनको पनि त आवश्यक होला नि अनि पूर्वाधारको कुरा पनि छ, त्यसतर्फ तपाईहरु कैले केन्द्रीत हुने ?
अब तथ्याङकमा हेर्ने हो भने विगत सात आठ बर्षमा धेरै क्षेत्रमा सवारी फैलिएको छ । त्यो भन्दा अगाडि पूर्वी भेग र मध्यभेगमा फैलीएको थियो । पश्चिम र सुदुर पश्चिममा कम थिए । अहिले हेर्नुहुन्छ भने १० देखि १२ प्रतिशतसम्म सुदुर पश्चिममा र अर्को सात प्रतिशत पश्चिम भेगमा फैलीएको छ । त्यो भनेको ठुलो गतिमा अघि बढेको हो । पूर्वाधार र टेक्नोलोजिको कुरामा हामी सधै अग्रसर छौं । नाडाले सधै सरकारलाई यस विषयमा घचघचाइरहेकै छ । यसमा तपाईले हेर्नुभयो भने आउँदो दिनमा यो भन्दा तिब्र गतिमा नाडा अघि बढेको पाउनुहुने छ ।