२०८२ श्रावण ३० गते

बैंकिङ क्षेत्रमा ४१ हजार ८१९ कर्मचारी, कुन बैंकमा कति ?

बैंकिङ खबर/ २०८० असार मसान्तसम्म नेपालका वाणिज्य बैंकमा ४४ हजार ९६२ कर्मचारी कार्यरत थिए, तर २०८१ असारसम्म यो संख्या घटेर ४१ हजार ८१९ मा सीमित भएको छ । बैंकहरूमा पुरुष कर्मचारीको संख्या २४ हजार ७१४ र महिला कर्मचारीको संख्या १७ हजार १०५ रहेको छ।

सबैभन्दा धेरै कर्मचारी रहेको बैंक भनेको प्राइम बैंक, एनआईएमबी, प्रीभेन्स बैंक लगायतले उल्लेखनीय संख्या पुर्‍याएको देखिन्छ। केही बैंकहरूमा महिला कर्मचारीको सहभागिता पुरुषको तुलनामा उच्च छ, जस्तै निका बैंकमा पुरुष १,९३२ र महिला १,६४८ रहेका छन्।

बैंक (नेपाली) पुरुष महिला कुल कर्मचारी
कृषि विकास बैंक १,६०१ ७७० २,३७१
सिटिजन बैंक ९७८ ७२१ १,६९९
एभरेष्ट बैंक लिमिटेड बैंक  ७७५ ३७४ १,१४९
ग्लोबल आइएमई बैंक  १,८०३ १,२३४ ३,०३७
हिमालयन बैंक  १,०७८ ७६१ १,८३९
कुमारी बैंक १,८२१ १,१६७ २,९८८
लक्ष्मी सन्‌राइज बैंक १,२८६ ८०५ २,०९१
माछापुच्छ्रे बैंक ८४४ ५८२ १,४२६
नबिल बैंक  १,४४० ९४९ २,३८९
नेपाल बैंक ९८० २,२४१ ३,२२१
एनआईसी एशिया बैंक १,९३२ १,६४८ ३,५८०
नेपाल इन्भेष्टमेण्ट बैंक  १,६९५ १,४३७ ३,१३२
एनएमबी बैंक १,१४९ ७७१ १,९२०
नेपाल एसबिआई बैंक  ६२९ ३१४ ९४३
प्राइम बैंक  ९९१ ७२२ १,७१३
प्रभु बैंक १,६७२ १,४८६ ३,१५८
राष्ट्रिय वाणिज्य बैंक १,५४९ ९९२ २,५४१
सनिमा बैंक  ७२६ ४२४ १,१५०
सिटिजन्स बैंक  १,२२१ ७५१ १,९७२
स्ट्याण्डर्ड चार्टर्ड बैंक  २६३ २१७ ४८०

कुल: पुरुष २४,७१४, महिला १७,१०५, जम्मा ४१,८१९

स्रोतः नेपाल बैंकर्स संघ