Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तरलता व्यवस्थापनमै केन्द्रित राष्ट्र बैंक

२०८२ श्रावण २८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (साउन २८) २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार, निक्षेप संकलन उपकरणमार्फत २५ दिनका लागि रकम संकलन गर्न बोलकबोल तथा निष्कासन प्रक्रिया आजै सम्पन्न गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

यो निक्षेपको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी भदौ २२, २०८२ मा हुनेछ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणकमा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार, बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदर प्रणाली अन्तर्गत बहुबोलकबोल पनि गर्न सकिनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।