
बैंकिङ खबर/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २१ वटा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरू लिलामी बिक्रीमा राखेको छ। समितिले २१ दिने सूचना प्रकाशित गरी इच्छुक व्यक्ति वा संस्थालाई तोकिएका शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको छ।
सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि मन्त्रालयको नियन्त्रणमा लिइएका सवारी साधनहरूको मूल्याङ्कनपछि लिलामी प्रक्रिया अघि बढाइएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को प्रावधानअनुसार जे जस्तो अवस्थामा छन् सोही अवस्थामा ती सवारी साधनहरू बिक्रीका लागि राखिएका छन्।




