
बैंकिङ खबर/ लमजुङको बेसिशहरस्थित मर्स्याङ्दी क्याम्पसका सहायक क्याम्पस प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । सहायक क्याम्पस प्रमुख पदमबहादुर रावत आइतबार पक्राउ परेका हुन् ।
सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान गर्न रावतलाई पक्राउ गरिएको लमजुङका डीएसपी रेशम बोहराले बताए । रावतसहितको समूहले सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ ।
अपचलनमा सञ्चालक समिति, ऋण उप समिति र लेखा समितिका सदस्यहरू संलग्न देखिएका छन् । रावत विरुद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
