बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन करोड ४० लाख भन्दा बढी कित्ता सेयर सूचिकृत भएका छन् । नौ वटा कम्पनीको गरेर कुल तीन करोड ४० लाख ५९ हजार २८ दशमलव चार कित्ता सेयर नेप्सेमा थपिएका हुन् ।
कुन कम्पनीको कति कित्ता सेयर थपिए ?
युनिक फाइनान्सको तीन लाख ८१ हजार सात सय ७६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको एक करोड २० लाख आठ हजार आड सय एक दशमलव ५८ कित्ता बोनस सेयर पनि नेप्सेमा थपिएको छ । यसबाहेक, नेप्सेमा थपिएका बोनस सेयरहरुमा, प्रभु इन्स्योरेन्सको पाँच लाख ५९ हजार चार सय २४ दशमलव ६१ कित्ता, सिटिजन्स बैंकको ७५ लाख छ हजार सात सय ५७ दशमलव ६२ कित्ता, आईसीएफसी फाइनान्सको ११ लाख ६४ हजार नौ सय ८५ दशमलव ११ कित्ता, नेपाल बंगलादेश बैंकको ९७ लाख २५ हजार चार सय ७६ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको दुई लाख ७१ हजार चार सय कित्ता छन् । त्यस्तै, हकप्रद सेयरमा भने गुहेश्वरी मर्चेन्ट बैंकको १४ लाख ४० हजार चार सय सात दशमलव पाँच कित्ता, वोमी माइक्रोफाइनान्सको एक लाख ८० हजार कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको आठ लाख २० हजार कित्ता सेयर सूचिकृत भएका छन् ।


